सामान्य अवस्थामा अन्तर्राष्ट्रिय सीमामा हतियारसहित सेना पठाइँदैन : रक्षामन्त्री

काठमाडौं– रक्षामन्त्री ईश्वर पोख्रेलले सामान्य अवस्थामा अन्तर्राष्ट्रिय सीमामा भौतिक रूपमा हतियारसहित सेना नपठाइने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सेना परिचालन गर्नुपर्ने सांसदहरुको मागको जवाफमा मन्त्री पोख्रेलले सो कुरा बताएका हुन् । नेपाली सेनाको प्राथमिक दायित्व अन्तर्राष्ट्रिय सीमाको सुरक्षा हो भन्नेमा मन्त्रालय प्रस्ट रहेको बताउँदै उनले तर शान्तिकालीन र अन्य अवस्थामा सेनाको भूमिका फरक हुने बताए । 

नेपाली सेनाले अन्तर्राष्ट्रिय सिमानाको निश्चित दूरीभित्र रहेर निरन्तर सीमा सुरक्षा र निगरानीको काम गरिरहेको पनि उनले बताए । मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट सेना परिचालनको निर्णय भए नेपाली सेना सीमा सुरक्षामा जतिसुकै बेला खटिन तयार रहेको उनले बताए । 





  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार १६:५५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया