ललितपुरको गोदावरी नगरपालिकास्थित टौखेलमा एक युवा मृत भेटिएका छन् । उनी २५ वर्षीय अमित शाही रहेको ललितपुर प्रहरीले जनाएको छ । उनी फ्रेस हाउस सञ्चालक हुन् ।
शाहीलाई गएराति २ बजेतिर गम्भीर अवस्थामा भेटिएको थियो । घटनास्थलबाट मासु काट्ने हतियार बरामद गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको घाँटी र हातमा चोट रहेकाले हत्याको आशंका गरिएको प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।