अमेरिकी राष्ट्रपतिले चुनावी र्‍याली गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी अब कम्तिमा पनि चार राज्यमा चुनावी र्याली गर्ने पक्षमा रहेको बताएका छन् । यसअघि तीन महिनादेखि कोरोनाभाइरसका कारण अमेरिकामा हुने चुनावी कार्यक्रमहरु रद्द गरिएको थियो । 

ह्वाइट हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो र्याली ओकाहोमा, फ्लोरिडा, एरिजोना तथा उत्तरी क्यारोलिनामा सुरु हुने बताएका छन् । यी र्यालीको सुरुवात आगामि शुक्रबारबाट हुने पनि उनले बताएका छन् । 

तर, ट्रम्पले यी र्यालीहरुमा हुनसक्ने कोरोना संक्रमणको खतरा रोक्न के गर्ने भन्नेबारे केही खुलाएका छैनन् । अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि ट्रम्प डेमोक्रेट नेता जो वाइडेनसँग चुनावी प्रतिस्पर्धामा छन् ।





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार ७:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया