सरिता गिरीको घरमा कालोझन्डा र तोडफोड, सुरक्षा खतरा बढेको प्रहरी निष्कर्ष

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको काठमाडौं विशालनगरमा रहेको घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझन्डा राखेको छ । उनको घरमा तोडफोड पनि भएको छ । घरमा राखिएको कालोझन्डा चाहिँ प्रहरीले हटाएको छ ।

प्रहरीले कालोझन्डा राख्ने समूहको पहिचान नभएको जनाएको छ । 

तर, सरिता गिरीको घरमा कालोझन्डा राखिएपछि उनीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निष्कर्ष निकालेको छ ।

सांसद गिरीले सरकारले निशान छापमा पनि लिपुलेक र लिम्पियाधुरा समावेश गर्न गरेको संविधान संशोधन विधेयकको प्रस्तावमाथि असहमति जनाउँदै यो प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छिन् । 

जनता समाजवादी पार्टीले नै गिरीलाई उनको प्रस्ताव फिर्ता लिन भनेको छ । उनले प्रस्ताव फिर्ता नलिए पार्टीले कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार ७:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया