कुवेतबाट १५० नेपाली काठमाडौं आइपुगे

विभिन्न मुलुकबाट नेपाली नागरिक सवदेश फर्कने क्रममा आज कुवेतबाट पहिलो फ्लाइटमा १५० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।
कुबेतको जजिरा एयरलायन्सको पहिलो जहाजमा नेपाली नागरिक आएका हुन् । अहिले आएका सबै जना महिला रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक कर्मचारीले बताए । पहिलो फ्लाइट बिहान साढे ११ बजे अवतरण भएको हो ।
त्यस्तै, पहिलो जहाज फर्केलगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ । जसमार्फत पनि १४९ जना महिला कुवेतबाट स्वदेश फर्कँदैछन् ।
कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ न्ेपाली थिए । यद्यपि, तीमध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जसअनुसार पहिलो चरणमा तीन सय जना नेपाली बिहीबार फर्कने तय भएको हो ।





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार १३:७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया