नेपाल–भारत सीमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन

काठमाडौं– सरकारले भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच सीमा विवाद बढेको छ ।

नेपाल–भारत सीमाका सम्बन्धमा प्रमाण संकलनका लागि सरकारले ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारले नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा उक्त समूह गठन गरेको हो । 

सरकारका प्रवक्ता तथा अर्थ, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बिहीबार सो निर्णयबारे जानकारी गराएका हुन् । 





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार १९:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया