मुम्बई– कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ ।
भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको स्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि स्रोतले उल्लेख गरेको छ ।
ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा सङ्क्रमित हुने तेस्रो मन्त्री हुन् ।
यसअघि सङ्क्रमित भएका मन्त्रीहरुमा काग्रेसबाट मन्त्री भएका अशोक चावन र एनसिपिबाट मन्त्री भएका जितेन्द्र अवहाद रहेका थिए । उनीहरुलाई अहिले निको भइसकेको छ ।
बिहीवार राति अबेर उनीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । उनीलाई अहिले मुम्बईस्थीत क्वारेन्टाइनमै राखिएको श्रोतले बताएको छ ।
मन्त्रीसँगै उनको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको पनि श्रोतको भनाई छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।