वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिसे शवमा कोरोनाभाइरस संक्रमण पुष्टि

वीरगञ्जको घन्टाघरमा भेटिएको वेवारिसे शवमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज बिहान मृत भेटिएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ ।


वीरगञ्जमा भेटिएका मृतकको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । उनको नाम, थर र ठेगाना खुलेको छैन ।

 
बेवारिसे अवस्थामा भेटिएको उक्त शवको पिसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो । सोक्रममा मृतकको पिसीआर रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालले जनाएको छ ।

 
शव उठाउने काममा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार ८:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया