मेसीको गोलसँगै बार्सिलोनाको फराकिलो जित

कोरोना महामारीपछिको पहिलो खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । क्याटलान क्लब बार्सिलोनाले रेगिगेसन जोनमा रहेको मालोर्कामाथि ४–० को फराकिलो जित निकालेको हो ।


शनिबार राति भएको लगभग एकपक्षीय बनेको खेलमा कप्तान लियोनल मेसी, आर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्वाले गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको थियो ।

मालोर्कामा भएको खेलको दोस्रो मिनेटमा नै आर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ३७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।


७९औं मिनेटमा अल्वाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो  जित दिलाए ।

यो जितसँगै बार्सिलोनाले शीर्षस्थान कायम छ भने उसले एक खेल कम खेलेको रियल म्याड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको छ । पराजित मालोर्का २५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।


त्यस्तै, गएराति नै भएका अन्य खेलमा इस्पान्योलले डिर्पाेटिभो अलाभेसलाई २–० गोल अन्तरले पराजित गरेको छ ।




त्यसैगरी, सेल्टा भिगो भिल्लारियलसँग घरेलु मैदानमा १–० ले स्तब्ध हुँदा रियल भालाडोलिड लेगानेसमाथि २–१ अवे जित निकालेको छ ।   
 



  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ७:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया