प्रदेश २ मा थप ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसीआर ल्याबमा गरिएको परीक्षणमा पुष्टि भएको हो । 


जसअनुसार पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण भएको पाइएको छ ।


शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो ।


पर्सा, बारा, रौतहट र सर्लाहीबाट ल्याइएका थ्रोट स्वाबको नमुना परीक्षणका क्रममा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

पर्सामा भेटिएका संक्रमितमा ३ जना महिला र अरु सबै पुरुष रहेको अस्पतालले जानकारी दिएको छ । 
 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १०:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया