कुश्मा पहिराेमा मृत्यु हुने ८ जनाकाे शव भेटियाे

पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राति पहिरोले घर पुरिँदा बेपत्ता भएका मध्ये आठ जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार शनिवार राति ५२ वर्षीय मीनकुमारी थापा र उनकी नातिनी ८ वर्षीया बिबिसा थापाको शव भेटिएको थियो भने आइतबार बिहान थप ६ जनाको शव भेटिएका हुन् ।

आइतबार बिहान फेला परेकाहरूमा ३२ वर्षीया कमला बिक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा बिक, ३० वर्षीया दिपा थापा, ५२ वर्षीय तुलबहादुर थापा, १४ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापा रहेका छन् ।

घरसँगै पुरिएका १६ वर्षीय जेनिस बिक भने अझैसम्म पनि फेला परेका छैनन्। बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पहिरो गएलगत्तैबाट उद्धारको काम सुरु गरेका थिए। 
 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ११:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया