नोभेम्बरमा विवाह हुँदैथियो सुशान्तको

आइतबार आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंहले पाँच दिन पहिले मात्र मलहिडामा रहेको आफ्ना परिवारका अन्य सदस्यसँग लामो समय फोनमा कुराकानी गरेका थिए । उनका अंकलका छोरा पन्ना सिंहका अनुसार उनले त्यो फोनमा सबैलाई घरमा आएर बद्रीनाथ लिएर जाने बताएका थिए ।

उनले ठूलीआमालाई पनि यो वाचा गरेका थिए । आइतबार उनकी ठूली आमाले यो समाचार थाहा पाएपछि बारम्बार आफूले ठूलो सपना गुमाएको बताउँदै रोएकी थिइन् ।

पन्ना सिंहका अनुसार सुशान्तको विवाह यही नोभेम्बरमा हुँदै थियो । विवाह कोसँग हुने भन्ने तय नभएको तर नोभेम्बरमा नै हुने निश्चित भइसकेको पन्ना सिंहले भारतीय मिडियालाई जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार २३:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया