सुशान्त सिंहका ५० सपना जुन पूरा हुन पाएनन्

बलिउड अभिनेता सुशान्त सिंहले आइतबार आफ्नै बान्द्रामा रहेको घरमा आत्महत्या गरेका छन् । आइतबार घरमा मृत भेटिएका सुशान्तले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

तर, अहिलेसम्म उनले किन आत्महत्या गरेका थिए भन्ने बाहिर आएको छैन । उनले ६ महिना यता डिप्रेसनको औषधी लिइरहेको अनुमान गरिएको छ ।

सुशान्तको मृत्युको समाचार बाहिरिएसँगै बलिउडका अन्य कलाकार तथा उनका प्रशंसकहरु निकै दुखी भएका छन् । अचानक यो संसार छाडेका सुशान्तले फिल्मी करिअर सानो पर्दाबाट सुरु गरेका थिए । तर, उनको सपना फिल्मी यात्रा मात्र थिएन । यो त उनी स्वयंले आफ्नो सामाजिक सन्जाल ट्विटरमा लेखेका थिए । 

एमएस धोनी, काए पो छे, पीके, केदारनाथ तथा छिछोरेजस्ता कयौँ फिल्ममा काम गरेका सुशान्तले ट्विटरमा १४ सेप्टेम्बर २०१९ मा आफ्नो सपनाको पहिलो पाना लेखेका थिए । अनि त्यसको शीर्षक राखेका थिए– मेरा ५० सपना र थप गन्दैछु ।

उनको पहिलो पानामा लेखिएको पहिलो सपना थियो– हवाइजहाज उडाउन सिक्ने । दोस्रो सपना थियो, आयरनम्यान ट्राएथलनका लागि तयारी ।

उनको अर्को सपना थियो, बायाँ हातबाट क्रिकेट खृल्ने । अनि चौथों थियो– मोर्स कोड सिक्ने । 



उनले पाँचौ सपनामा बालबालिकालाई स्पेस वा अन्तरिक्षबारे सिकाउन सहयोग गर्ने कुरा लेखेका थिए । क्रिकेटका च्यम्पियन महेन्द्र सिंह धोनीको अभिनय गरेका सुशान्तले टेनिस च्याम्पियनसँग पनि खेल खेल्न चाहेका थिए ।

उनले यसरी आफ्ना सपनाहरुको ५० सूची तयार पारेका थिए । जुन उनले ट्विटरमा पनि सेयर गरेका छन् ।



  • प्रकाशित मिति : असार १, २०७७ साेमबार ७:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया