सुशान्तको आत्महत्यामा आफूलाई किन दोषी मान्दैछन् करण ?

बलिउड अभिनेता सुशान्त सिंहको आत्महत्याको कारण अझै खुलेको छैन । न उनको कोठाबाट कुनै सुसाइड नोट भेटिएको छ, न उनले यसअघि आफूले आत्महत्या गर्नु पर्ने कारणबारे लेखेका छन् ।

उनी डिप्रेसनका शिकार भएकाले नै आत्महत्या गरेको हुनसक्ने पनि बताइएको छ । 

उनको निधनले सबैलाई स्तब्ध बनाएको छ । बलिउड कलाकारहरु पनि यसका कारण दुखी भएका छन् । 

फिल्म निर्देशक तथा निर्माता करण जौहरले सुशान्तको निधनमा निकै भावुक स्टाटस लेखेका छन् । करण जौहरले सुशान्तसँगको फोटो सेयर गर्दै लेखेका छन्, ‘म आफैंलाई दोषी मान्छु कि मैले तिमीसँग सम्पर्क गरिनँ । म अब यस्तो गल्ती कहिल्यै पनि गर्ने छैन । हामीले एउटा सम्बन्ध मात्र बनाउने होइन, त्यसलाई अझ राम्रोसँग पनि निर्वाह गर्नु पर्ने हँुदो रहेछ । तिम्रो त्यो प्यारो मुस्कान सधैं याद रहनेछ ।’





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार ७:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया