प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशभित्र र बाहिर रहेका जिज्ञासुु युवाहरुको प्रश्न आफूले सुनिरहेको बताएका छन् । सोमबार नेपाल टेलिभिजनबाट वैकल्पिक शिक्षा उद्घाटनका लागि शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले युवाहरुले देश बिग्रँदै छ कि भन्ने प्रश्न गरेको आफूलाई थाहा भएको बताएका छन् ।
‘मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ?,’ युवाहरुबाट आउने आवाजलाई आफूले सुनेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्, ‘टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ?’
तर, उनले यी सबै प्रश्नको विस्तारमा आफूले चर्चा नगर्ने र एकमुष्ट रुपमा जति लड्ने हो यही पुस्ता लड्ने बताएका छन् । अनि थपेका छन्, ‘मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्,’ भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन ।’
प्रधानमन्त्री ओलीले अप्ठ्यारोमा नै द्विविधा हुने भएकाले त्यसको अन्त्यका लागि नेतृत्व चाहिने पनि बताएका छन् ।
अनि उनले भनेका छन्, ‘आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन । ढुक्क रहौं– मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।