प्रभावकारी काम गर्न नसकेपछि उच्चस्तरीय समन्वय समिति खारेज

काठमाडौं– सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठन गरेको उच्चस्तरीय समन्वय समिति खारेज भएको छ ।

 उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उक्त समन्वय समितिले प्रभावकारी काम गर्न नसकेको भन्दै समिति खारेज गरिएको हो ।

सरकारले अबदेखि समितिले गर्दै आएका काम कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीलाई दिने निर्णय गरेको छ ।

कोरोनासँग सम्बन्धित सबै काम एउटै सेन्टरबाट गर्दा प्रभावकारी नहुने ठहर गर्दै समवन्य समिति खारेज गरेको सरकारी तर्क छ ।

सरकारले गत फागुनमा उपप्रधानमन्त्री पोखरेलको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, पर्यटन, वाणिज्य,कृषि, शिक्षामन्त्रीसहितको उच्चस्तरीय समिति गठन गरेको थियो । 





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १७:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया