भारत–चीनबीच लद्दाखमा झडप, एक अफिसरसहित तीन भारतीय सैनिकको मृत्यु

भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा एक अफिसर र दुई जवानसहित तीन भारतीय सैनिकको मृत्यु भएको छ ।

पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाले जनाएको छ ।

भारतीय मिडियाहरुका अनुसार सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको हो ।

गत एक महिनादेखि लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ । 
 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १३:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया