सरिता गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका थापालाई रिहा गर्ने विषयमा दुई न्यायाधीशबीच राय बाझियो

काठमाडौं– सर्वोच्चका दुई न्यायाधीशबीच राय बाझिएको छ ।

जसपाकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका हेमराज थापालाई रिहा गर्ने विषयमा न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयालबीच राय बाझिएको हो ।

गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका थापाको रिहाइको माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले रिट दायर गरेका थिए ।  

अब सो रिटको सुनुवाइको लागि तीनजना न्यायाधीशको इजलासमा पेस हुने भएको छ । 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १७:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया