गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा एक कर्मचारीसमेत छन् । उनी मनाङको चामे गाउँपालिकामा कार्यरत छन् । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा हो ।
स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारीअनुसार मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो ।
यससँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या २८९ पुगेको छ ।
पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज मनाङमा देखिएसँगै गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।