अछाममा एकै दिन २९ जनामा कोरोनाभारइस संक्रमण

कोरोना सङ्क्रमणको आशङ्कामा गरिएकाको पिसीआर परीक्षणमा बिहीबार एकै दिन अछामका दुई स्थानीय तहमा २९ जनाको पोजिटिभ नतिजा आएको छ ।

मेल्लेख गाउँपालिकाका २३ र साँफेबगर नगरपालिकाका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो अछाममा एकै दिन ठूलो सङ्ख्यामा कोरोना पुष्टि हुने सङ्ख्यामा अहिलेसम्मकै बढी हो ।

मेल्लेख गाउँपालिकाका १५ पुरुष, आठ महिला गरेर २३ जना र साँफेबगर नगरपालिकाका चार पुरुष र दुई महिला रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जसअनुसार मेल्लेख गाउँपालिकाका अधिकांश व्यक्ति वडा नं. ४, कुष्कोटका र साँफेबगरका ६ जनामा वडा नं. ११, पातालकोटका व्यक्ति रहेको बताइएको छ । 

अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने ५१ जना पुगेका छन् । जसमध्ये सातजना उपचारपछि घर फर्किइसकेका छन् ।
 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १३:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया