लिम्पियाधुरासहित नेपालको नक्सा राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

भारतद्धारा अतिक्रमित लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पारित भएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकको संविधान संशोधन दोस्रो विधेयक दुई तिहाई बहुमतले पास गरेको हो ।

राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेकाले सर्बसम्मत पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे ।

५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ भने अध्यक्ष गणेश तिमिल्सिना मत विभाजनमा सहभागी भएनन् ।

यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते नेपालको संविधानको धारा ९ को उपधारा २ अन्र्तगत अनुसुची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा पारित भएको थियो





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १४:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया