'सैनिककी प्रेमिका’को उपमा पाएकी बेलायतकी प्रसिद्ध गायिका लिनको १ सय ३ वर्षको उमेरमा निधन

एजेन्सी– बेलायतकी प्रसिद्ध गायिका डेम भेरा लिनको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । लिन सन् १९१७ मा इस्ट ह्याममा जन्मिएकी थिइन् । 

उनले गाएको ‘वि विल मिट अगेन’ भन्ने गीत बेलायतमा दोस्रो विश्वयुद्धताका निकै चर्चित थियो । उनलाई त्यसबेला ‘आशाको प्रतीक’का रुपमा सम्मान गरिन्थ्यो । 

उनले विश्वयुद्धका वेला इजिप्ट, इन्डिया, म्यानमार, बर्मामा गएर बेलायती सेनालाई गीतमार्फत मनोरन्जन दिइन् । उनले युद्ध मैदानमै गएर पनि गीत गाएकी थिइन् । 

बेलायती सेनामाझ उनको गीत लोकप्रिय बनेपछि उनलाई ‘सैनिककी प्रेमिका’को उपमा दिइएको थियो ।  





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १५:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया