१० लाख कोरोना संक्रमित पुग्ने ब्राजिल दोस्रो देश

गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमणले अहिले विश्व नराम्रोसँग प्रभावित भएको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

अब ब्राजिलमा पनि १० लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् । १० लाखभन्दा धेरै संक्रमित भेटिएको ब्राजिल दोस्रो देश हो । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मात्र ब्राजिलमा ५४ हजारभन्दा धेरै संक्रमण देखिएको हो । 

अनि ब्राजिलमा पछिल्लो २४ घन्टामा लगातार चौथो दिन १२ सयभन्दा धेरै मानिसको मृत्यु कोभिड १९ का कारण भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ हजार पुगेको छ ।

उता, विशेषज्ञहरूले ब्राजिलमा कोरोनाको परीक्षणमा कमी भइरहेको र अझै पनि कोरोना संक्रमणको उच्चतम बिन्दुमा ब्राजिल पुग्नै बाँकी भएको बताउन थालेका छन् ।





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार ७:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया