खाेटाङका तीन संक्रमित भए ठिक

खोटाङका तीन जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमण भएको पूष्टी भए लगत्तै अस्पताल भर्ना गरिएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१ वर्षका हिमाल कार्की, २१ वर्षकै भुवन कार्की र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४५ वर्षीय खुम्बराज राई शुक्रबार डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएका उनीहरुलाई घर फर्काउनका लागि व्यवस्थापनको काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए।  

केही समयअघि मात्र भारतबाट आएपछि क्वारेन्टीनमा राखिएका उनीहरुलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि गत जेठ २३ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो। कामका सिलसिलामा भारतको कानपुर पुगेका कार्कीद्वय गत जेठ ११ गते गाउँ आइपुगेका हुन्। यस्तै, राई भारतबाटै जेठ १६ गते गाउँ आइपुगेको नगरपालिकाले जनाएको छ। भारतबाट आएपछि उनीहरु सामाजिक सम्पर्कमा पुग्न नपाएका कारण अन्यलाई जोखिम नभएको नगरपालिकाका मेयर इवन राईले बताए।  

यससँगै खोटाङमा कोरोना संक्रमण भएका सबै संक्रमित निको भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवा यसअघि नै डिस्चार्ज भइसकेका छन्।





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार ११:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया