‘गोर्खा भर्ती तत्काल खारेज गर’ – विप्लव

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गोर्खा भर्ति चाँडो बन्द गर्न सरकारसँग माग गरेका छन् । आज विज्ञप्ति जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

नेपाली युवाहरुलाई भारतीय सेनामा भर्ती भएर लडाकु नबन्न विप्लवको आग्रह छ । सरकारले युवाहरुलाई देशमै रोजगार दिनुको सट्टा उल्टै गोर्खा भर्तिमा जान दिनु लज्जाको विषय भएको उनको भनाइ छ ।

‘लद्दाखको सीमा क्षेत्र गलवान उपत्यकामा भारत र चीनबीच सीमा विवाद हुँदा भारतीय सेनाको मृत्यु भएपछि गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली युवाहरुलाई बिदा कटौति गरेरै भए पनि बोलाएर युद्धमा पठाउने तयारी गरिएको छ’, बिज्ञप्तिमा भनिएको छ, ‘दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने विषय स्वीकार्य छैन ।’

नेपाली युवालाई चीनविरुद्ध लड्न पठाउनु असंलग्न राष्ट्रहरुले अबलम्बन गरेको सिद्धान्तविपरित रहेको विप्लवको ठम्याइ छ ।

‘दुई देशको समान छिमेकबीच रहेको नेपाल र नेपालीका लागि अति संवेदनशील र खतरनाक छ ।’, बिप्लबले भनेका छन्, ‘गोर्खा भर्ती राणाकालीन सम्झौता भएकाले उक्त सम्झौता २१ औ शताब्दीमा समेत कायम हुनु देशका लागि अस्वीकार्य र लज्जाको विषय हो ।’

भारतमा झण्डै एक लाख नेपाली गोर्खा रेजिमेन्टमा कार्यरत रहेका छन् । 
 





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार १३:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया