सुनको मूल्य निरन्तर उकालो
बजार खोले पनि कारोबार शून्य​प्रायः रहेको व्यवसायीको भनाइ



नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ । लकडाउनपछि गत सातादेखि खुलेको बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार अहिलेसम्मकै उच्च मूल्यमा सुनको खरीद विक्री भइरहेको छ ।
सोमवार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला रू.९० हजार ५६५ मा कारोबार भइरहेको छ । 
त्यस्तै चाँदीको मूल्य प्रति तोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
निरन्तर उकालो लागिरहेको सुनको मूल्य सोमवार प्रति तोला ४ सयले बढेको हो । 
यो हालसम्मकै उच्च मूल्य भएको व्यवसायीको भनाइ छ । बजार खोले पनि मूल्य उच्च भएकाले कारोबार भने शून्यजस्तै रहेको व्यवसायी बताउँछन् । 





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १३:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया