सुनको मूल्यमा सामान्य कमी

 

सोमबार हालसम्मकै महँगो मूल्यमा कारोबार भएको  सुनको मूल्य मंगलबार प्रतितोला ४ सय रुपैयाँ घटेको हो ।

मंगलबार सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ ९१ हजार रुपैयाँ प्रतितोला पुगेको थियो । यो हालसम्मै उच्च मूल्य हो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्यसमेत घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार १४:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया