लकडाउन अवधिको कुनै शुल्क नलिन सरकारको निर्देशन
शुल्क नलिने हो भने विद्यालय बन्द गर्नुको विकल्प नरहेको सञ्चालकको भनाइ


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा विद्यालय बन्द गरिएको भन्दै बन्द गरिएको समयको शुल्क नलिन निर्देशन दिएको हो । 
मन्त्रालयले निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई आफ्नो विज्ञप्तिमार्फत शुल्क नलिन सचेत गराएको छ । 
आइतबार निजी विद्यालयका छाता संस्था प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए । विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले गरेको अपीलप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ । 
चैतदेखि शिक्षण संस्था बन्द छन् । 
निजी विद्यालय सञ्चालकले लकडाउनको अवधिमा सरकारले कुनै राहत नदिएकाले शुल्क उठाउनु परेको जिकिर गरेका थिए । 
कुनै शुल्क लिन नपाउने हो भने अनलाइन कक्षा बन्द गर्नु र विद्यालयमा ताला लगाउनुको विकल्प नरहेको एनप्याब्सन काठमाडौंका प्रमुख सल्लाहकार विष्णु पराजुलीले बताए । 
उनका अनुसार सरकारको निर्देशनले निजी विद्यालयमा कार्यरत करिब ४ लाखको रोजगारी पनि संकटमा परेको छ ।        

विद्यालयहरूले भोग्नु परेको समस्या बारेमा छलफल गर्न सकिने मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार १४:५५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया