सुनको मूल्य निरन्तर उकालोतर्फ


सुनको मूल्य बुधबार प्रति तोला ९१ हजार  १ सय रुपैयाँ पुगेको छ । 
मंगलबारको तुलनामा प्रति तोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै लगातार उकालो लागेकाले यसको असर नेपाली बजारमा समेत देखिएको हो । 
सोमबार सुनको मूल्य प्रति तोला ९१ हजार थियो । मंगलबार ४ सय रुपैयाँ घटेसँगै अब मूल्य उकालो लाग्ने क्रममा रोकिने व्यवसायीको अनुमान थियो ।
 लकडाउनपछि दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च भएको हो। 
बजार खुले पनि मूल्यमा उच्च वृद्धि तथा कुनै धार्मिक समारोह नभएकाले सुनको कारोबार भने हुन नसकेको व्यवसायीको भनाइ छ । 
 सामान्य वृद्धि भएको चाँदीको मूल्य बुधबार प्रति तोला ९४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको हो । 
महासंघले लकडाउन खुकुलो भएसँगै १ असारमा सुनको मूल्य प्रति तोला ८९ हजार ७ सय र चाँदीको ९२५ रुपैयाँ  कायम गरेको थियो । 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १३:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया