उर्जा क्षेत्रको विकास तथा पुनरुत्थानका लागि विश्व बैंकको सहयोग

नेपालको विद्युत् क्षेत्रको विकास तथा पुनरुत्थानका लागि विश्व बैंकसँग १० करोड डलर बराबरको ऋण सम्झौता भएको छ ।
बुधबार अर्थसचिव शिशिर कुमार ढुङ्गाना र नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदद जर्भोसले ऋण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
विश्व बैंक सहयोगबाट नेपालको विद्युत क्षेत्रको क्षमता सुधार, विद्युतमा पहुँच विस्तार र नेपाल विद्युत प्राधिकरणको क्षमता वृद्धिमा खर्च गर्ने बताइएको छ । 
गत जेठ २१ गते सम्पन विश्व बैंक बोर्डले विकास ऋण नीति अन्तर्गत कोरोना महामारीबाट प्रभावित नेपालको विद्युत् क्षेत्रलाई माथि उठाउन ऋण सहयोग गर्ने निर्णय गरेको थियो ।
नेपाल सरकारलाई नीतिगत तथा संस्थागत सुधार र नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधारका लागि विश्व बैंकले गर्ने तीनवटा विकास ऋण सहयोगमध्ये यो दोस्रो चरणको ऋण सहयोग भएको विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्युत प्राधिकरण संघीय संरचनामा गएपछि विद्युत्को अधिकतम उपयोग गरेर क्षेत्रीय विद्युत् बजार सुधार गर्न र संघीय संरचनाअनुसार प्रदेश र स्थानीय सरकार अन्तर्गत प्राधिकरणको पुनर्संरचना गर्न बैंकले ऋण सहयोग गरेको बताइएको छ । 
कोरोनाका कारण अहिले विद्युत माग घटेको, निर्माण सामाग्री ढुवानीको अभावले काममा अवरोध भएको र नगद प्रवाहमा पनि समस्या भएको विश्व बैंकको भनाइ छ ।

सरकारको प्रतिबद्धता अनुसार विद्युत प्राधिकरण व्यवस्थापनले चुहावट नियन्त्रण गर्दै लगातार तीन वर्षसम्म संस्थालाई नाफामा लैजान सफल भएको बताइएको छ ।
नेपालको विद्युत क्षेत्रमा परेको तत्कालिन, मध्यम र दीर्घकालीन प्रभावको मूल्यांकन गरि विकास ऋण नीति अन्तर्गतको तेस्रो प्याकेजको ऋणबाट सम्बोधन गर्ने पनि बिश्व बैंकले जनाएको छ।
 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १७:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया