नेपालमा कोरोनाभाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेका ५० वर्षका पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मृत्यु हुने पुरुष चितवनका रहेको अस्पतालका एक अधिकारीले जानकारी दिएका छन् ।
केही महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएका यी पुरुषको पाटन अस्पतालको आइसोलेसनमा उपचार हुँदै थियो ।
आजमात्र अर्का एक जनाको पनि कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।