काठमाडौं– बिहीबार नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको कुल संख्या ११ हजार १६२ जना पुगेको छ ।
बिहीबार थपिएकामध्ये ४८ जना महिला र ३८६ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएक हुन् ।
नेपालमा हालसम्म कोरोना जितेर २ हजार ६ सय ५० जना घर फर्केका छन् । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएर फर्केको गौतमले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।