यस्तो छ नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण

काठमाडौं– सरकारले कोरोना संक्रमणबाट हालसम्म नेपालमा मृत्यु भएका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण्मा उनीहरुको नाम भने उल्लेख गरिएको छैन । 

नेपालमा २६ जेठमा सिन्धुपाल्चोककी एक सुत्केरीको मृत्यु भएको थियो । यो नै नेपालमा कोरोनाबाट मृत्यु भएको पहिलो केस हो । ११ असारसम्म आइपुग्दा कोरोनाका कारण मर्नेको संख्या २६ पुगेको छ । 

कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण यसप्रकार छ

१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको

२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।

४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।



५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि

६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि



७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि

८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।

९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।

१०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो । उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको

११. सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक । ७ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका । परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । मृत्यु भएपछि नमुना परीक्षणका क्रममा २३ जेठमा कोभिड १९ पुष्टि भएको

१२. डोल्पाका ५८ वर्षीय पुरुष । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २० जेठमा मृत्यु भएको । नमुना परीक्षणका लागि स्वाब संकलन गरी २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको । २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको

१३. कैलालीकी ५५ वर्षीया महिला । धनगढी ४ की मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको । २४ जेठमा कोरोना संक्रमण पत्ता लागेको

१४. स्याङ्जा वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुष । मृत्यु पछि २६ जेठमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको

१५. चितवन भरतपुर ११ का पुरुषको २७ जेठमा निधन भएको । निमोनिया संक्रमित उनको २६ जेठमा कोरोना संक्रमण पुष्टि भएको ।

१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुष । १२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएको । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएकोमा २९ जेठमा पत्ता लागेको । ३० जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको

१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको छ । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको

१८. बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी ५ वर्षीय बालकलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु । स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको । प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको ।

१९. गुल्मीका ३६ वर्षीय पुरुष । रेसुङ्गामा आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको । भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको । क्यान्सर संक्रमित उनको मृत्युको जानकारी ३२ जेठमा पुष्टि गरिएको

२०. बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीइा महिला । फोक्सो, मृगौला र प्यारालाइसिलकी विरामी उनको १ असारमा आइसीयुमा मृत्यु भएको छ । ३ असारमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको

२१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष । सेती अस्पतालमा उपचाररत हुँदा मृत्यु भएको । धनगढीको नवजीवन अस्पतालमा उपचार गर्दा जेठ ३१ मा कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पताल सारिएको थियो । उपचारका क्रममा ३ असारको बेलुकी ७ बजेर ५२ मिनेटमा मृत्यु । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको

२२. कैलालीको लम्किचुआकी ४३ वर्षकी महिला । टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा भर्ना गरेको । २ असारमा शल्यक्रिया गर्नुअघि नमुना संकलन गरेकोमा सोही दिन नै मृत्यु भएको ३ असारको साँझ पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको

२३. गुल्मीका छत्रकोट गाउँपालिका ५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएकोमा जेठ २५ मा स्वदेश फर्किई होम क्वारेन्टाइनमा बसेको । ५ असार २०७७ मा घरमै मृत्यु भएको । सोही दिन नमूना संकलन गरी पठाइएको ६ असारमा कोरोना पुष्टि । ६ असारमा शव व्यवस्थापन भएको । ७ असारमा कोरोना बारे स्वास्थ्य मन्त्रालयद्वारा जानकारी

२४. दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष । ८ असारको बेलुका सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु । क्षयरोग तथा दमको बिरामी भई ३ असारमा अस्पताल भर्ना । ९ असारमा स्वास्थ्य मन्त्रालयद्घारा जानकारी

२५. स्याङ्जाको आँधीखोला घर भएका ५६ वर्षीय पुरुष किराना पसल गर्दै आएका । ज्वरो आएपछि ७ असारमा फेवा सिटी अस्पतालमा लगिएकोमा कोरोना शंका लागी उपचार गर्न नमानेपछि गण्डकी अस्पताल लगिएको । ८ असारमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा १० असारमा मृत्यु भएको । ११ असारमा शव व्यवस्थापन । स्वास्थ्य मन्त्रालयद्वारा ११ असारमा कोरोना पुष्टि

२६. ललितपुरको महालक्ष्मी नगरपालिका ५ का पुरुष । ५ महिना अघि मृगौला प्रत्यारोपण भएका । नर्भिक अस्पतालमा भर्ना भएका उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । ११ असारको विहान मृत्यु भएको ।​

  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १८:१५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया