कोरोना कहरका बीच धा​न दिवस मनाउँदै सरकार



सरकारले  कोरोना कहरका​ बीच १५ असारमा १७ औं  राष्ट्रिय धान दिवस मनाउने भएको छ ।


कृषि अनुसन्धान परिषद्को कार्यालय परिसर खुमलटारमा सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै धान दिवस मनाइने कृषि विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।


धान उत्पादनमा वृद्धि आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ साङ्केतिक कार्यक्रम गरिने कृषि विभागको भनाइ छ ।


मनसुन समयमै सुरु हुँदा गत वर्षको तुलनामा असार १० गतेसम्म ८.४१ प्रतिशत बढी क्षेत्रमा धान रोपाइँ सकिएको विभागले जनाएको छ । 


यसवर्ष अहिलेसम्म दुई लाख ७५ हजार २९ हेक्टरमा धान रोपाइँ सकिएको विभागको भनाइ छ ।





  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार १४:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया