लकडाउनसँगै थलियो पुष्प व्यवसाय
दैनिक सवा करोडको कारोबार हुने व्यवसाय अहिले शून्यप्रायः




कोरोनाका कारण लामो समय बन्द भएका व्यवसाय विस्तारै  खुल्न थाले व्यवसाय भने खासै हुन नसकेको व्यवसायीको भनाइ छ ।


तीन महिनापछि बन्दाबन्दी खुकुलो भएसँगै बजारमा केही चहलपहल देखिए पनि पुष्प व्यवसायमा परेको असर भने  कायमै छ । 


विश्वभर फैलिएको कोभिड–१९ का कारण ठूलठूला होटल तथा मठमन्दिर खुलेका छैनन् भने सभा, सम्मेलन र तामझामका साथ हुने गरेका विवाह समारोह पनि भएका छैनन् । 


यस्ता कार्य रोकिएकाले फूलको व्यापार शून्य प्रायः छ । 


कोरोना महामारीको शुरु हुनपूर्व दैनिक १ करोड २५ लाख रूपैयाँसम्मको कारोवार हुने गरेको पुष्प व्यवसायमा अहिले २० लाखमा  खुम्चिएको छ ।


 फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठका अनुसार आगामी अहिले बिहेको लगन परेकाले नगन्य मात्राम फूलको व्यापार भएको हो । 




आइतबारदेखि बिहेको लगन नभएकाले अहिले भएको कारोवार पनि रोकिन्छ । 


अन्य व्यापार व्यवसाय पहिलेको अवस्थामा फर्कने क्रममा भए पनि यस व्यवसायलाई पुनः पहिलेकै अवस्थामा आउनका लागि होटल र पर्यटन व्यवसाय सञ्चालन हुनुपर्ने एशोसिएसनको भनाइ छ । 




कोरोना महामारी तत्कालका लागि नरोकिने र व्यवसायलाई पहिलेकै अवस्था ल्याउनका सहयोग गरिदिन भन्दै एशोसिएसनले सरकारसँग आग्रह पनि गर्दै आएको छ ।


 नेपाल फूलमा आत्मनिर्भर हुँदै गएको अवस्थामा भएको  लकडाउनले धेरै नै नोक्सान भएको छ । कतिले बेच्ने बेला भएको फूल काटेर नष्ट गरेका छन् । 


हरेक वर्ष तिहार र प्रणय दिवसको समयमा सयपत्री र रातो गुलाब आयात गर्नुपरे पनि अन्य फूलमा भने स्वदेशी उत्पादनले नै धान्दै आएको छ । 


हरेक वर्षको तिहारमा १५ करोड रुपैयाँको सयपत्री फूलको कारोवार हुने गरेको छ । 


अहिले बजारको कुल खपतमध्ये ९३ प्रतिशत फूल स्वदेशमा नै उत्पादन हुन थालेको छ । 


यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।


तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । 


विशेषगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाडका र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ । 


नेपालमा  व्यावसायिक रुपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।


 यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । 


नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । 


फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, नुवाकोट मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । 


मुख्य गरी काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यस पुष्पखेती विस्तार गरिसकेका छन् ।


नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । 

  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार १६:४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया