विश्व महामारी कोरोनाभाइरस र लकडाउनका कारण दैनिक रुपमा सुनको मूल्य बढिरहेको छ । अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनले अब नयाँ रेकर्ड बनाएको छ ।
सुनचाँदी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज फेरि सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको छ । योसँगै अब छापावाल सूनको मूल्य ९१ हजार ३ सय पुगेको छ । यो अहिलेसम्म सुनको मूल्य सबैभन्दा महंगो हो ।
शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य अब ९० हजार ८ सय ६० पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।