भारत–चीन सीमा विवादः तिब्बतमा मार्सल आर्टका ट्रेनर किन पठाउँदैछ चीन ?

भारत र चीनबीच गलवान घाँटीमा भएको हिंस्रक झडपपछि विश्वले यसबारे ध्यान दिन थालेको छ । चीन र भारतको सम्बन्धमा ठूलो दरार देखिइसकेको छ । यी दुई देशको तनावका कारण विश्व पनि निकै सचेत भएको छ । 

अब चीनले आफ्ना सेनालाई प्रशिक्षण दिन २० जना मार्सल आर्टका ट्रेनर तिब्बत पठाउने भएको छ ।

चीनले गरेको यो निर्णयमा कुनै कारण त बताएको छैन तर यो समयमा चीनले यसरी मार्सल आर्टका लागि तालिम दिने व्यक्तिहरु पठाउनुलाई निकै महत्वका साथ हेरिएको छ । किनकि भारतसँग सीमा विवाद भइरहेको यो समयमा उसले जुन कदम चालेको छ, त्यसले भारतसँगको उसको सम्बन्धबारे पनि धेरै परिभाषित गर्ने निश्चित छ ।

१५ र १६ जुनको रातमा लद्दाखको गलवान घाटमिा भएको भारतीय र चिनियाँ सेनाबीचको झडपमा २० भारतीय सैनिक मारिएका थिए । घटनामा चिनियाँ सैनिक पनि मारिएको दाबी गरिएको छ । तर, यसबारे अहिलेसम्म चीनले कुनै आधिकारिक पुष्टि गरेको छैन ।

यो झडप भएको ठाउँमा यी दुवै देशका सेनाले कुनै पनि हतियार वा विस्फोटक पदार्थ प्रयोग गर्न पाउँदैनन् । हङकङका मिडियाले त्यसैले चीनबाट मार्सल आर्टका लागि तालिमकर्ता पठाएको हुनसक्ने अनुमान गरेका छन् । तर, अहिलेसम्म यी तालिमकर्ताहरुले कसलाई तालिम दिने हुन् भन्ने खुलाइएको छैन ।





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार २०:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया