भारतले ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगायो

भारत सरकारले ५९ स्मार्टफोन एप्समाथि प्रतिबन्ध लगाउने फैसला गरेको छ । यी एप्सहरु सबै चीनमा बनेका एप्स हुन् । केही एप्स अहिले पनि चिनियाँ कम्पनीको स्वामित्वमा छन् । 

विश्वमा अहिले निकै चर्चा कमाएको टिकटक, युसी ब्राउजर तथा शेयरइट ऐप पनि अब भारतमा नचल्ने भएका छन् । भारतमा यी एपहरु निकै चर्चित थिए ।

भारत र चीनबीच अहिले चलिरहेको विवादका कारण भारत सरकारको यो फैसला निकै महत्वका साथ लिइएको छ । केही दिनअघि मात्र चीन  र भारत सीमा लद्दाखमा भएको हिंसक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसपछि भारतमा चिनियाँ सामान, स्मार्टफोन तथा ऐप्सलाई बहिस्कार गरिनु पर्ने आवाज उठेको थियो । 

भारतको प्रविधि मन्त्रालयका अनुसार यी ऐप्सले भारतको सम्प्रभुता एवं एकता, सुरक्षा तथा व्यवस्थाका लागि नोक्सानदायी छन् । त्यसैले यी ऐप्सहरु बन्द गरिएको भारत सरकारले बताएको छ ।

अब यी एप्सहरुमाथि प्रतिबन्ध लगाए पनि भारतमा यी एप्स डाउनलोड भइसकेका मोबाइलमा चाहिँ यी एप्स चल्नेछन् । चलाउन नचाहनेले चाहिँ एप्सहरु अनइन्स्टल गर्नु पर्ने हुन्छ । 





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार २२:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया