कार्यकक्षमै कुटिए वडाअध्यक्ष


दाङको शान्तिनगर गाउँपालिका–२ का अध्यक्ष फर्साराम डाँगी कार्यकक्षमै कुटिएका छन् ।

वडा अध्यक्ष डाँगीलाई चार जनाको समूहमा आएका व्यक्तिले कार्यकक्षमै कुटपिट गरेका हुन् । 
आक्रमणकारीले वडा अध्यक्ष डाँगीमाथि रड प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।

मंगलवार बिहान अध्यक्षमाथि कुटपिट भएको र घाइते अध्यक्षको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ ।

मुख छोपेर आएको समूहले डाँगीमाथि कुटपिट गरेको थियो । कुटपिट गर्ने समूह पहिचान नभएपनि घटना भएको स्थलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पर्चा फेला परेको प्रहरीले जनाएको छ । 
अध्यक्षमाथि कुटपिट गर्नेहरुको खोजी भइरहेको डिएसपी खड्काले बताए ।





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १४:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया