खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अनलाइन विक्री सेवा सुर्खेतमा पनि



खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा पनि होम डेलिभरी सुविधा शुरु गरेको छ । कम्पनीले मंगलबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेत कार्यालयबाट होम डेलिभरी सेवाको शुरुआत गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए । उनका अनुसार अनलाइनबाट अर्डर लिई डेलिभरी गरिनेछ ।        

 

बन्दाबन्दीका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरण अन्गर्तत २६ चैतदेखि ने चक्रपथभित्र होम डेलिभरी सेवा प्रदान गर्दै आएको छ । बन्दाबन्दी केही खुकुलो भएसँगै कम्पनीले सस्तोडिलसँग व्यापार साझेदारी गरी चक्रपथ बाहिर पनि नि स् शुल्क रुपमा खाद्य सामग्री होम डेलिभरी गर्दै आएको छ ।

    

काठमाडौंपछि पहिलो प्रदेशका रुपमा सुर्खेतबाट अनलाइन विक्री वितरण सेवा सञ्चालन गरिएको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख भीम थापाले बताए । ‘शुरुआती चरणमा हामीले तीन प्रकारका चामल र कर्णालीको फापर बिक्री वितरणमा राखेका छौं,’ उनले भने, ‘उपभोक्ताको मागअनुसार अन्य सामग्री थप गर्दै जानेछौँ ।’    

 



‘पहिलो चरणमा वीरेन्द्रनगर नगरपालिकाभित्र र विस्तारै जिल्लाभर सेवा सञ्चालनको योजना रहेको उनले जानकारी दिए । 

 



कम्पनीले काठमाडौँ उपत्यकाभित्र तीन प्रकारका चामल, कर्णालीको सिमी, केराउ दाना, मुसुरो र रहरको दाल, गहुँको पिठो, आयो नून, डीडीसीको घ्यू, वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो र स्यानिटाइजर अनलाइनमार्फत विक्री वितरण गर्दै आएको छ ।     

  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १५:४५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया