युट्युबरबाट वाक्क दिक्क भएँः साम्राज्ञी

काठमाडौं– फिल्म अभिनयका क्रममा निर्माण पक्षबाट दुर्व्यवहार भएको सार्वजनिक गरेर चर्चामा​ आएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अब युट्युब मिडियालाई अन्तरवार्ता नदिने बताएकी छिन् । शाहले इस्टाग्राममार्फ सो जानकारी गराएकी हुन् । 

युट्युब मिडियाले आफ्नो अन्तवार्ताको हेडलाइन बिगारेर, घिनलाग्दो राखेर प्रसारण गर्दा आफूलाई नै असर पुग्ने गरेको उनको गुनासो छ ।

आफ्नो अन्तरवार्ता बेचेर युट्युबका पत्रकारले पैसा कमाउने गरेको बताउँदै उनले युट्युबरबाट आफू वाक्क दिक्क भएको बताएकी छिन् । त्यसैकारण युट्युबरलाई अन्तर्वार्ता नदिने उनले बताएकी छिन् ।
 
युट्युब अन्तर्वार्तामा आउने नराम्रो कमेन्टसमेत युट्युब मिडियाले नहटाएकोमा आपत्ति जनाउँदै उनले प्रचार–प्रसारका क्रममा निर्माता–निर्देशकलाई रेडियो–टेलिभिजनमा अन्तवार्ता दिन आग्रह गर्दा उनीहरुले नमानेको उनको गुनासो छ । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १९:३५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया