एउटै गाउँपालिकामा दुई अधिकृत, कामकाज ठप्प

सिरहा– सिरहाको एक गाउँपालिकामा दुईजना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि विवाद उत्पन्न भएको छ । जसका कारण लक्ष्मीपुरपतारीका  गाउँपालिकाको कामकाज अवरुद्ध भएको हो ।  

यसअघि गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनिलाल यादव कार्यरत थिए । उनी बहाल रहेकै वेला अर्का प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादव पनि हाजीर भएपछि विवाद भएको हो । 

विवाद बढ्दै गएपछि आर्थिक वर्ष ०७६÷०७७ को अन्तिम समयमा विगत तीन सातादेखि बैंक खाता रोक्का भएका छन् । सुजित यसअघि जिल्लाको भगवानपुर गाउँपालिकामा कार्यरत थिए । गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले उनलाई हाजिर नगराउने अडान लिएपछि सुजितले र भई लहानस्थित एनसिसी बैंकमा रहेको गाउँपालिकाको खाता रोक्का गराएका हुन् । 

‘‘विभिन्न बहानामा काम गर्न अवरोध खडा गर्ने र निमित्त अधिकृतबाट काम गराउन खोजिएपछि आर्थिक अनियमितता हुनसक्ने भएकाले आफूले खाता रोक्का गराइको सुजित यादवको भनाइ छ । 

यता गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले भने सुजितकुमारले गाउँपालिकाको लेटर प्याड दुरुपयोग गर्दै गाउँपालिकाको खाता रोक्का गराएको भन्दै असन्तुष्टि पोखेका छन् । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार २०:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया