उपत्यका प्रवेश गर्न लागेका चार सय गाडी फर्काइए

काठमाडौं– बुधबार काठमाडौं उपत्यका प्रवेश गर्न लागेका झण्डै चार सय सवारी साधनलाई नाकाबाटै फिर्ता पठाइको गृह मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र भक्तपुरबाट सवारीसाधन र केही पैदल यात्रीलाई फिर्ता पठाइएको हो । 

सरकारले बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुबाट कोरोना संक्रमण हुन सक्ने भन्दै उपत्यका प्रवेशमा कडाइ गरेको हो । उपत्यका प्रवेशका लागि गृह मन्त्रालयको सहमतिसहितको सवारी पासविनाको सवारी साधनलाई यसरी प्रवेशमा रोक लगाइएको हो । 

यसअघि सरकारले कोरोना संकटपछि काठमाडौं उपत्यका छाडेर गाउँ गएका वा काठमाडौं आउन अत्यावश्यक परेकाहरुलाई ससर्त प्रवेश दिने निर्णय गरेको थियो । 

त्यसका लागि काठमाडौं आउन चाहनेले होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस​ लिएर आउनुपर्ने नियम बनाइएको थियो । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार २०:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया