प्रधानमन्त्रीको समर्थनमा गृहजिल्ला झापामा पनि प्रदर्शन

झापा– नेकपाभित्र अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उनको गृहजिल्ला झापामा बिहीबार प्रदर्शन भएको छ । 

प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र राजीनामा मागिएको भन्दै ओलीका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

यसअघि काठमाडौमा पनि प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन भएको थियो । आजै अपरान्ह काठमाडौंको माइतीघरमा प्रदर्शन भएको थियो ।

सरकारले राम्रो काम गरिरहेको, तर केही नेताले आफ्नो स्वार्थ पूरा गर्न र भारतीय चलखेलका आधारमा ओली सरकार ढाल्न खोजेको प्रदर्शनकारीको आरोप थियो । 

उनीहरुले वर्तमान सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने माग राखेका थिए । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १८:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया