ला लिगा अन्तर्गत गएराती भएको खेलमा लिग लिडर रियल मड्रिडले गेटाफेमाथि १–० को कठिन जित हात पारेको छ ।
रियलको वैकल्पिक मैदान अल्फ्रेडो डि स्टाफानोमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन कप्तान सर्जियो रामोसले गरेको एकमात्र गोल प्रर्याप्त बनेको थियो ।
खेलको ७९ औं मिनेटमा गेटाफेका डिफेन्डरले रियलका ड्यानी कार्वाहाललाई डि बक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई रामोसले गोलमा परिणत गरेका थिए ।
यो जितसँगै रियल मड्रिडले बार्सिलोनोसँगको अंक दुरी बढाएर ४ मा पु¥याएको छ । समान ३३ खेल खेलेका रियलले ७४ तथा बार्सिलोनाले ७० अंक जोडेका छन् ।
पराजय बेहोरेको गेटाफे समान खेलबाट ५२ अंक जोडेर लिगको छौटौं स्थानमा छ ।
गए राती नै भएका अन्य खेलमा ओसासुनाले एइबर माथि २ –० को जित हात पार्दा रियल सोसिडाडले पनि स्पानियोललाई २ –१ ले पराजित ग¥यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।