बम्जनमाथि १४ वर्ष कैद सजाय मागसहित मुद्दा दायर

लिटल बुद्धका नामले चिनिने रामबहादुर बम्जनमाथि आफ्नै आश्रमकी आनीलाई बलात्कार गरेको अभियोगमा अदालतमा मुद्दा दायर भएको छ । 

सर्लाहीको जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरेको हो ।  पटक पटक पक्राउ प्रयास  गर्दा पनि पक्राउ गर्न नसकेपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको कार्यालयले बताएको छ  ।
 
बम्जनका दुई सहयोगीलाई समेत मतियारका रुपमा मुद्दा दायर भएको छ । बम्जनलाई १४ वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो ।   केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)को सहयोगमा सर्लाही प्रहरीले बम्जनमाथि अनुसन्धान गरेको थियो । 

धम्काएर पटक–पटक बलात्कार गरेको पीडितको उजुरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो । घटनाको दुई वर्षपछि पीडितले जाहेरी दिएकी थिइन् । 

जाहेरीका आधारमा गत २३ फागुनमा जिल्ला अदालत सर्लाहीले बम्जनविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । त्यसयता प्रहरीले सिन्धुलीस्थित उनको आश्रममा तीन पटक छापा मारे पनि उनी पक्राउ परेका छैनन् ।  


 
  





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १४:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया