भारतका कुख्यात अपराधी विकास नेपाल आएको आशंका

उत्तर प्रदेशको कानपुरका एक अपराधी विकास दुबेलाई पक्राउ गर्न बिहीबार पुगेको प्रहरीमाथि उनको समूहले गोली चलायो । दुबे त घटनामा मारिएनन् तर आठ भारतीय प्रहरीले यो घटनामा ज्यान गुमाए ।

अब यी दुबेको घरमा प्रहरीले व्यापक खोजतलास गरेको छ । उनको घरलाई प्रहरीले तोडफोड गरेको छ ।

बिकरु गाउँमा लगभग २ हजार वर्गमिटरमा फैलिएको उनको घरमा व्यापक सुरक्षा अपनाइनाएको थियो । घरभित्र र घरबाहिर त्यहाँ निकै धेरै नाइट भिजन क्यामेरा राखिएको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय मिडिया लाइभहिन्दुस्तानमा दुबेको खोजी व्यापक भए पनि उनी नभेटिएको र उनी नेपाल प्रवेश गरेको आशंका त्यहाँको प्रहरीले गरेको एक रिपोर्ट प्रकाशित भएको छ । 

तर, अहिले कोरोनाभाइरस संक्रमणको समयमा उनी नेपाल कसरी आए होलान् भन्नेबारे केही खुलेको छैन । 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १७:४१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया