कोरोनाबाट सबैभन्दा बढी प्रभावित ५ देश

गत वर्ष डिसेम्बरको अन्त्यमा चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण अहिले विश्व त्रसित बनेको छ । 

अब विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या १ करोड ११ लाख ८७ हजार १ सय ९३ पुगिसकेको छ । जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अहिलेसम्म कोरोनाका कारण ५ लाख २८ हजार ३ सय ६४ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट सबैभन्दा प्रभावित देश बनेको छ अमेरिका । अमेरिकामा २८ लाख भन्दा धेरैमा कोरोना संक्रमण भएको छ । त्यसपछि ब्राजिलमा १५ लाख ३९ हजार, रुसमा ६ लाख ७३ हजार, भारतमा ६ लाख ४८ हजार र पेरुमा २ लाख ९९ हजारमा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

कुनै समय निकै ठूलो प्रभाव देखिएका युरोपका केही देशहरुमा अब विस्तारै कोरोनाभाइरस नियन्त्रणमा आउन थालेको छ ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ७:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया