के सुशान्तका बाबुले ट्विटर चलाउँछन् ?

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको २२ दिन भइसकेको छ । तर, उनको विषयमा अहिले पनि भारतीय सन्चारमाध्यममा निकै प्राथमिकताका साथ समाचार आइरहेका छन् ।

सुशान्तका प्रशंसकले पनि उनको निधनको जाँचबारे सामाजिक सन्जालमा प्रश्नहरु गरिरहेका छन् । 

उनको परिवार र प्रशंसक तथा साथीभाइलाई उनको निधनले ठूलो चोट पुगेको छ । प्रहरीको छानबिनको विषयमा व्यापक प्रश्न उठिरहेको यो समयमा उनका बाबु केके सिंहको भन्दै गरिएको ट्विटले अर्को ठूलो हंगामा सिर्जना गरेको छ । केके सिंहको ट्विटरबाट उनको निधनको छानबिनको विषयमा नै कुरा गरिएको थियो । 

तर, अब सुशान्तको परिवारले नै यसबारे आफ्नो राय राखेको छ । सुशान्तका परिवारका सदस्यहरुका अनुसार सुशान्तका बाबुको कुनै पनि ट्विटर ह्यान्डल छैन र उनले ट्विटर चलाउँदैनन् । यसले भ्रम पैदा गरेको भन्दै सुशान्तका परिवारले यसलाई रोक्न पनि अपिल गरेका छन् ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ८:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया