बार्सिलोनाको फराकिलो जित, लिग जित्ने आशा कायमै

भिल्लारियालमाथि ४–१ को फराकिलो जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावनालाई कायमै राखेको छ ।

गएराति भिल्लारियालको मैदानमा जित निकालेसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी ४ अंकमा झारेको हो ।

खेलमा बार्सिलोनाले पाउ टोरेसको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । तर, लगत्तै जेरार्ड मोरेनोले भिल्लेरियालका लागि बराबरी गोल फर्काए ।

खेलको २० औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासलाई सदुपयोग गर्दै लुइस स्वारेजले बार्सिलोनालाई पुनः अग्रता दिलाए ।

पहिलो हाफको अन्त्य अर्थात ४५ औँ मिनेटमा मेसीले पुनः एन्टोनियो ग्रिजमनका लागि गोलको अवसर सिर्जना गरे ।

अन्सु फातीले ८७ औँ मिनेटमा चौथो गोल गरेर जितको अन्तर फराकिलो बनाए ।



चार खेल बाँकी छँदा बार्सिलोना रियल म्याड्रिडभन्दा ४ अंकले पछि रहेको छ । ३४ खेलबाट बार्सिलोनाको ७३ अंक छ भने रियलको ७७ अंक रहेको छ ।



  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ७:४५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया